प्रधानमन्त्री शाहको अभिव्यक्तिमा गोप्य मतदानको माग


काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद रेखाकुमारी यादवले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे संसदमा गोप्य मतदान गराउन माग गर्नुभएको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदले स्पष्ट निर्णय गर्नुपर्ने भएकाले गोप्य मतदान आवश्यक रहेको बताउनुभयो। साथै, प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि सुस्ता लगायतका नेपाली भूमिमा भारतीय सीमा सुरक्षा बलले बल प्रयोग गरिरहेको दाबी गर्दै यसको जिम्मेवारी कसले लिने भनी सरकारसँग प्रश्न गर्नुभयो।

सांसद यादवले प्रधानमन्त्री शाहले संसदमा दिएको अभिव्यक्तिको स्पष्ट जवाफ नआएसम्म आफ्नो पक्षको विरोध जारी रहने चेतावनी दिनुभयो। उहाँले परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको अभिव्यक्तिको ढाकछोप गर्ने गरी संसदमा जवाफ दिएको आरोप पनि लगाउनुभयो।

२०८३ असार २, मंगलवार १३:५९ प्रकाशित
ट्रेन्डिङ समाचार