मुख्यमन्त्री कार्कीलाई ज्यानमार्ने धम्की, उजुरी गर्दा पनि भएन कारबाही


काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की ले आफूलाई पटक–पटक ज्यानमार्ने धम्की आएको र प्रहरी तथा साइबर ब्युरोमा उजुरी दिँदा पनि कारबाही अगाडि नबढेको बताएका छन्। प्रदेश प्रहरी कार्यालयमा आयोजित अपराध समीक्षा गोष्ठीमा बोल्दै उनले सामान्य एसएमएसलाई सुझावका रूपमा लिनुपर्ने तर सन्देशकै आधारमा पक्राउ गर्ने प्रवृत्तिले विधिको शासन कमजोर बनाउने टिप्पणी गरे।

मुख्यमन्त्री कार्कीले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारले चाहेर पनि प्रहरीलाई आवश्यक पूर्वाधार र अनुसन्धान उपकरण उपलब्ध गराउन नसकेको गुनासो गरे। कार्यक्रममा प्रहरी अधिकारीहरूले अपराध अनुसन्धान प्रभावकारी बनाउन प्रदेशस्तरमा फरेन्सिक तथा डिजिटल ल्याब स्थापना गर्न सहयोगको माग गरेका थिए।

२०८३ असार २, मंगलवार १३:३१ प्रकाशित
ट्रेन्डिङ समाचार