जी–७ विरोधमा जेनेभामा प्रदर्शन


जेनेभा स्विट्जरल्याण्ड । फ्रान्सको एभियानमा हुने जी–७ शिखर सम्मेलनको विरोधमा आइतबार जेनेभामा विशाल प्रदर्शन गरिएको छ।

‘नो जी–७ गठबन्धन’को नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले जी–७ विरुद्ध नारा लगाएका थिए। सुरुमा शान्तिपूर्ण रहेको प्रदर्शनका क्रममा केही विस्फोटका आवाज सुनिनुका साथै एक टेस्ला कारमा आगजनी भएको बताइएको छ।

प्रहरीले प्रदर्शनस्थल नजिकबाट चक्कु, बञ्चरो, ग्यास क्यानिस्टर र पटाका बरामद गरेको जनाएको छ। प्रदर्शनका कारण सार्वजनिक यातायात सेवा प्रभावित भएको छ भने सम्मेलनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ।

२०८३ असार २, मंगलवार ११:२३ प्रकाशित
ट्रेन्डिङ समाचार