अर्थमन्त्री वाग्लेमाथि संसदीय छानबिनको माग


काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री  डा. स्वर्णिम वाग्ले माथि संसदीय छानबिनको माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले बजेट निर्माणका क्रममा करका दर हेरफेर तथा सूचना चुहावट भएको आरोप लगाउँदै अर्थमन्त्रीमाथि अनुसन्धान हुनुपर्ने बताएका हुन्। उनले करका दर सम्बन्धी सूचना चुहावट भएको विषयमा सरकारले होइन, संसदले छानबिन समिति गठन गर्नुपर्ने धारणा राखे।

शाहीले दोषी ठहरिए कानुनी व्यवस्था अनुसार कडा कारबाही हुनुपर्ने बताउँदै सुशासनको नारासहित आएको सरकारले कुशासनको बाटो लिन नहुने चेतावनी दिए।

२०८३ जेष्ठ २५, सोमबार २२:१० प्रकाशित
ट्रेन्डिङ समाचार