काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा बालबालिकालाई ‘ह्युमन शिल्ड’का रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ।
आयोगकी सदस्य डा. लिली थापाका अनुसार ४३७ भिडियो क्लिपको अध्ययनपछि केही भिडियोमा हिंसात्मक गतिविधिमा उक्साउने प्रमाण फेला परेको छ। प्रतिवेदनमा बालबालिकालाई अगाडि सार्ने, बम बनाउन सिकाउने तथा सुरक्षाकर्मीमाथि आक्रमण गर्न उक्साउने गतिविधि देखिएको उल्लेख छ।
आयोगले आन्दोलनमा उत्तेजक भूमिका देखिएका ५४ जनाको पहिचान गरी उनीहरूमाथि थप अनुसन्धान गर्न सिफारिस गरेको जनाएको छ।
२०८३ जेष्ठ २३, शनिबार १२:५९ प्रकाशित

