विस्थापितको मृत्युले सरकारमाथि प्रश्न : कुलमान घिसिङ


काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले काठमाडौं उपत्यकाका नदी किनारबाट अव्यवस्थित बसोबासी तथा सुकुम्बासी बस्ती हटाउने सरकारको कदमले गम्भीर मानवीय संकट निम्त्याएको बताएका छन्।

कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका ३६ वर्षीय भेषराज दर्जीको निधनपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै घिसिङले मृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्। उनले स्पष्ट पुनर्स्थापना योजना बिना बस्ती हटाउँदा प्रभावित नागरिकले ज्यान गुमाउनुपरेको दाबी गरेका छन्।

घिसिङले विस्थापित नागरिकको स्वास्थ्य, आवास र आधारभूत मानव अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउँदै होल्डिङ सेन्टरमा रहेका नागरिकलाई तत्काल आवास, स्वास्थ्य सेवा, खानेपानी र सरसफाइजस्ता सुविधा उपलब्ध गराउन माग गरेका छन्।

२०८३ जेष्ठ २२, शुक्रबार १०:५४ प्रकाशित
ट्रेन्डिङ समाचार