काठमाडौं । नेपाली कांग्रेसले संसद्मा दर्ता भइसकेको आर्थिक विधेयकमा अर्थ मन्त्रालयले करका दर तथा प्रावधानमा मनपरी हेरफेर गरेको आरोप लगाएको छ। कांग्रेसकी प्रमुख सचेतक बासना थापा ले संसद्लाई छलेर गरिएको यस्तो कार्य आर्थिक अपराधजस्तै देखिएको बताउँदै विषयमा अध्ययन भइरहेको जानकारी दिइन्।
उनले प्रारम्भिक रूपमा किर्ते भएको आशंका रहेको र यसबारे संसद्मा आवाज उठाइने बताइन्। कांग्रेसले आधिकारिक धारणा तयार गरी थप कदम चाल्ने जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले जेठ १५ गते प्रस्तुत गरेको आर्थिक विधेयक संसद्मा दर्ता भएको संस्करण र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको पछिल्लो संस्करणबीच करसम्बन्धी व्यवस्थामा फरक देखिएको दाबी गरिएको छ। कांग्रेसले यस विषयमा छानबिनको माग गरेको छ।
२०८३ जेष्ठ २०, बुधबार १०:२४ प्रकाशित


