काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक आज सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्।
एमाले केन्द्रीय संगठन विभागले काठमाडौंको कार्की बैंक्वेटमा आयोजना गरेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले बिहान ११ बजे गर्ने कार्यक्रम छ।
कार्यशालामा पार्टीका प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, जिल्ला अध्यक्ष, संगठन विभाग प्रमुख तथा जनसंगठनका प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रममा सदस्यता विस्तार, नवीकरण प्रक्रिया र पार्टीको सांगठनिक सुदृढीकरण सम्बन्धी भावी योजनाबारे छलफल तथा अभिमुखीकरण गरिने एमालेले जनाएको छ
२०८३ जेष्ठ २०, बुधबार ०९:२९ प्रकाशित


