‘सीमा मिचेको’ अभिव्यक्तिप्रति संविधानविद् आचार्यको आपत्ति


काठमाडौं ।  संविधानविद् भीमार्जुन आचार्य ले प्रधानमन्त्री वालेन्द्र शाह को ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका छन्।

आइतबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै आचार्यले उक्त भनाइले नेपालले उठाउँदै आएको सीमा अतिक्रमणको मुद्दा कमजोर बनाउने र अतिक्रमणलाई अप्रत्यक्ष रूपमा वैधता दिन सक्ने बताएका हुन्। उनले हालसम्म कुनै पनि नेपाली प्रधानमन्त्रीले संसद् वा सार्वजनिक मञ्चबाट यस्तो अभिव्यक्ति नदिएको उल्लेख गर्दै यसले नेपालको भौगोलिक अखण्डता र राष्ट्रिय हितप्रतिको सरकारी प्रतिबद्धतामाथि प्रश्न उठाएको बताए।

सीमा विवाद समाधानका लागि तेस्रो देशको उपस्थितिको कुरा पनि चिन्ताजनक रहेको उनको भनाइ छ। प्रधानमन्त्री शाहले प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको बताएका थिए।

२०८३ जेष्ठ १७, आईतवार १९:१७ प्रकाशित
ट्रेन्डिङ समाचार