काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा दुई महत्वपूर्ण विधेयक दर्ता तथा प्रस्तुत गरिएको छ। बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले उक्त विधेयकहरू सदनसमक्ष प्रस्तुत गरेकी हुन्।
बैठकमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ पेस गरिएको हो। दुवै विधेयक निर्वाचन प्रणाली र मतदाता व्यवस्थापनसँग सम्बन्धित रहेका छन्।
विधेयक प्रस्तुतिपछि सभामुख डीपी अर्यालले आजको बैठक स्थगित भएको घोषणा गरे। साथै, प्रतिनिधि सभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने जानकारी पनि उनले दिए।
२०८३ जेष्ठ ६, बुधबार १४:४३ प्रकाशित


