काठमाडौं । काठमाडौं उपत्यकामा सञ्चालन मापदण्ड मिचेको आशंकामा प्रहरीले ६९ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारेको छ। छापा मारिएका केन्द्रमध्ये ६८ वटा कन्सल्टेन्सीका सञ्चालक तथा प्रतिनिधिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
पुतलीसडक, चाबहिल, गोंगबु, बानेश्वर र कुमारीपाटी क्षेत्रमा गरिएको कारबाहीमा दर्ता तथा नवीकरण नगरी कन्सल्टेन्सी सञ्चालन गरेको, भाषा कक्षा चलाएको तथा विदेश अध्ययनका नाममा ठगी गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको हो।
प्रहरीका अनुसार केही कन्सल्टेन्सीले नक्कली अफर लेटर उपलब्ध गराउने, भिसा अस्वीकृत भएपछि रकम फिर्ता नगर्ने र ठूलो रकम असुलेर प्रक्रिया पूरा नगर्ने गरेको गुनासो बढेपछि निगरानी कडा बनाइएको हो। कसुर पुष्टि भएका संस्थामाथि ठगी तथा शिक्षा सम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ।
1. एकता ग्लोबल एजुकेसन कन्सल्टेन्सी बानेश्वर 2. इन्टर ग्लोबल एजुकेसन कन्सल्टेन्सी 3. अल्पार एजुकेसन कन्सल्टेन्सी 4. ग्लोबल ग्लोरी एजुकेसन कन्सल्टेन्सी 5. रोयल सुर्य एजुकेसन कन्सल्टेन्सी 6. ब्रेन बृज एजुकेसन कन्सल्टेन्सी 7. सावित्री अब्रोड एजुकेसन 8. इडब्ल्युसी एजुकेसन कन्सल्टेन्सी 9. ब्रेनी इन्टरनेसनल एकेडेमी10. अक्स्फोर्ड स्मार्ट एजुकेसन कन्सल्टेन्सी 11. गुल्मोहर एडुकेयर प्रालि12. ब्लूम अब्रोड एजुकेसन कन्सल्टेन्सी प्रालि

प्रतिक्रिया