काठमाडौं ।
राष्ट्र बैंकको अध्ययनअनुसार बागमती प्रदेशमा उद्योगहरूको उत्पादन क्षमता उपयोग, कर्जा प्रवाह र लगानी विस्तार बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म उद्योगहरूको औसत क्षमता उपयोग ३९.५ प्रतिशत पुगेको छ भने औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा १२ खर्ब ८४ अर्ब रुपैयाँ नाघेको छ ।
गार्मेन्ट उद्योगले सबैभन्दा बढी ९५.८ प्रतिशत क्षमता उपयोग गरेको अध्ययनले देखाएको छ । उद्योग क्षेत्रमा रोजगारी पनि बढेको छ ।
तर दक्ष जनशक्ति अभाव, बढ्दो उत्पादन लागत, कच्चा पदार्थ र बजार समस्याले उद्योग विस्तारमा चुनौती थपिएको राष्ट्र बैंकले जनाएको छ । अध्ययनले कृषि, पशुपालन, हरित उद्योग र डिजिटल प्रविधिमा आधारित उद्योग विस्तारको ठूलो सम्भावना रहेको औँल्याएको छ ।
२०८३ जेष्ठ १, शुक्रबार १९:२६ प्रकाशित


