सरकारी अस्पतालका अर्बौँका उपकरण थन्किए


काठमाडौं ।

सरकारी अस्पतालहरूमा अर्बौँ रुपैयाँ खर्चेर खरिद गरिएका अत्याधुनिक स्वास्थ्य उपकरण प्रयोगविहीन अवस्थामा थन्किएका छन् । महालेखा परीक्षकको ६३औँ प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल र नेपाल प्रहरी अस्पतालमा रहेका क्याथल्याब, सिटी स्क्यान, एमआरआई तथा भेन्टिलेटरजस्ता उपकरण सञ्चालनमा आउन सकेका छैनन् ।

दक्ष जनशक्ति अभाव, कमजोर व्यवस्थापन र तयारीबिनाको खरिद प्रक्रियाका कारण उपकरण उपयोगविहीन बनेको प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य विज्ञहरूले कमिसनमुखी खरिद प्रवृत्ति र सञ्चालन योजनाको अभावले राज्यको अर्बौँ लगानी खेर गएको बताएका छन् ।

विशेषगरी राष्ट्रिय ट्रमा सेन्टरमा करोडौँ मूल्यका उपकरण खरिद गरिए पनि सञ्चालनका लागि आवश्यक प्राविधिक जनशक्ति नहुँदा ती उपकरण वर्षौंदेखि थन्किएको बताइएको छ ।

२०८३ जेष्ठ १, शुक्रबार १९:२० प्रकाशित
ट्रेन्डिङ समाचार