काठमाडौं ।
वीरगन्जमा एसईई परीक्षाको नतिजापछि मानसिक तनावमा परेका एक १५ वर्षीय किशोरले आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका क्षेत्रमा बसोबास गर्ने ती किशोर आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
प्रहरीले घटनास्थलको मुचुल्का गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पताल पठाएको जनाएको छ। घटनापछि परिवार र स्थानीयवासी शोकमा डुबेका छन्।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। मनोविद्हरूले एसईई नतिजापछि विद्यार्थीमा मानसिक तनाव बढ्न सक्ने भन्दै अभिभावकलाई बालबालिकासँग खुला संवाद गर्न र सकारात्मक वातावरण बनाउन आग्रह गरेका छन्।
२०८३ बैशाख २९, मंगलवार १०:४५ प्रकाशित


