कस्तो छ आजको मौसमको अवस्था ?यी पाँच प्रदेशमा छ वर्षाको बढी सम्भावना


काठमडौं
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया र देशका बाँकी क्षेत्रमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो सुदूरपश्चिमप्रदेशसहित देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया र तराई भेगमा आंशिक बदली हुनेछ ।
यस क्रममा दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भेगमा भने हिमपात पनि हुने सम्भावना रहेको बताइएको छ ।
यस्तै आज राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसहित देशका हिमाली र पहाडी भेगमा साधारणतया आंशिक बदली हुनेछ ।
यस क्रममा राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जनरचट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ। हिमाली भेगमा भने हिमपात पनि हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा हल्का वर्षाको सम्भावना

काठमाडौँ उपत्यकामा पनि आज हल्का वर्षाको सम्भावना रहेको मौसम महाशाखाका मौसमविद्ले जनाएका छन् ।
मौसमविद्का अनुसार आज दिनभर काठमाडौँ उपत्यकाको आकाशमा आंशिक बादल लाग्ने र साँझपख हल्का वर्षा हुने सम्भावना देखिएको हो। आंशिक बदलीको अवस्थामा पनि घाम भने देखिने जनाइएको छ ।

२०८३ बैशाख २८, सोमबार ११:५३ प्रकाशित
ट्रेन्डिङ समाचार