जनकपुरमा रेल र कार ठोक्कियाे, तीन जना घाइते


काठमाडौं । जनकपुरधाममा रेल र कार ठोक्किँदा तीन जना घाइते भएका छन् ।

महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको रेलले जनकपुरधाम उपमहानगरपालिका–९ ब्रह्मपुरीस्थित थापाचोक नजिक कारलाई ठक्कर दिएको हो ।

बागमती प्रदेश ०१–०२५ च १२९० नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार तीन जना घाइते भएका हुन् । कार क्षतिग्रस्त भए पनि घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहले जानकारी दिए ।

२०८२ श्रावण २५, आईतवार १२:४२ प्रकाशित
ट्रेन्डिङ समाचार