काठमाडौं। सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका राजनीतिक दलहरूको संयुक्त बैठक जारी रहेको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा सिंहदरबारमा सो बैठक बसिरहेको हो।
निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन भनी राजनीतिक दलहरुलाई पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ बारे छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।
सचिवालयका अनुसार संसदमा रहेका कांग्रेस र एमाले बाहेकका दलका नेता तथा संसदीय दलका नेताहरूको बैठक माओवादी केन्द्रको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसिरहेको हो।
२०८२ श्रावण २१, बुधबार १८:०६ प्रकाशित

