आज पनि सदनमा आफ्नो कुरा राखेर हिँडे रास्वपा र राप्रपा सांसद


काठमाडौं । रास्वपा र राप्रपाले आज पनि प्रतिनिधि सभामा विरोध जारी राखेका छन्।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै ५९ औँ दिनदेखि दुई दल आन्दोलनरत छन्।

आजको बैठकमा पनि रास्वपाबाट तोसिमा कार्की र राप्रपाबाट दीपक सिंहले बोलेर बैठक बहिस्कार गरेर हिँडे।

उनीहरूले सरकारले गठन गरेको छानबिन समितिलाई टालटुलेको संज्ञा दिँदै आफूहरूको माग अनुसार गठन नभएसम्म आन्दोलन नछाड्ने अडान सुनाए।

२०८२ श्रावण ८, बिहीबार १४:२४ प्रकाशित
ट्रेन्डिङ समाचार