प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारी भेटवार्ता गर्दै


काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज भेटवार्ता गर्ने भएका छन् ।

उनीहरुबीच एमाले पार्टी कार्यालय च्यासलमा दिउँसो ३ बजे भेट्ने कार्यक्रम तय भएको हो।

एमालेको पोलिटब्युरो बैठकमा शनिबार भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो। नेताहरूले विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएका थिए।

उक्त बिषयमा छलफल गर्न ओलीले भण्डारीलाई बोलाएको बताइएको छ ।

२०८२ श्रावण ४, आईतवार १३:५९ प्रकाशित
ट्रेन्डिङ समाचार