प्रधानमन्त्रीले दिए स्पेन भ्रमणबारे संसदलाई जानकारी


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका छन्। शनिबार प्रतिनिधिसभाको बैठकमा ओलीले आफ्नो ६ दिने स्पेन भ्रमणबारे संसदमा जानकारी गराएका हुन्।

भ्रमणका क्रममा राष्ट्रिय हित र मर्यादालाई माथि उठाउने गरी प्रस्तुत हुने प्रधानमन्त्रीको भनाइ छ। आज साँझ ६ बजे कत्तार एयरवेजको जहाजबाट दोहा हुँदै प्रधानमन्त्री स्पेनको राजधानी म्याड्रिड प्रस्थान गर्ने छन्।

उनको नेतृत्वमा जाने भ्रमण टोलीमा २१ जना सहभागि हुनेछन्।

२०८२ असार १४, शनिबार १५:३६ प्रकाशित
ट्रेन्डिङ समाचार