पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार : सदस्य सचिवसहित १४ जना र दुई कम्पनीविरुद्ध मुद्दा


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापासहित १४ व्यक्ति र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । पशुपतिनाथ मन्दिर परिसरमा विद्युतीय शवदाह गृहको मेसिन खरिद र जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानि–नोक्सानी पुर्‍याएको अभियोगमा यो मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

२०८२ असार ८, आईतवार १९:१३ प्रकाशित
ट्रेन्डिङ समाचार