
काठमाडौ
संघीय निजामती सेवा विधेयकमा संवैधानिक निकाय लगायतका महत्वपुर्ण निकायमा हुने नियुक्तिमा निजामती कर्मचारीलाई मात्रै रोक्ने उद्धेश्य सहित ल्याउन लागिएको कुलिङ पिरियडका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न दलका शीर्ष नेताहरुसँग छलफल थाल्नुभएको छ । कुलिङ पिरियडको विपक्षमा रहनुभएका प्रधानमन्त्री ओलीले यस विषयमा काग्रेस सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रप्चण्ड सँग छलफल गर्दै कुलिङ पिरियड राख्न नहुने बारेमा छmलफल गर्ने हुनुभएको हो । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा लगायतका केहि सांसदहरुको स्वार्थका कारण निजामती कर्मचारीलाई मात्रै लक्षित गरी कुलिङ पिरियडको प्रावधान राखिएको थियो ।यस प्रावधान प्रति प्राय सबै जसो निजामती कर्मचारी रुष्ट छन् । निजामतीलाई मात्र्रै लक्षित गरेर ल्याउन लागिएको यस्तो प्रावधानले निजामती कर्मचारीको मनोबल गिराउने काम गरेको आम कर्मचारीको गुनासो छ । त्यसैले यस्तो प्रावधान हटाउनुपर्ने उनीहरुको माग छ । निजामती कर्मचारीको भावनाको कदर गर्दै प्रधानमन्त्री ओलीले कुलिङ पिरियड राख्न नहुने बारेमा शीर्ष नेताहरुसँग छलफल गर्ने र उनीहरुलाई मनाउने प्रयास गर्ने बताइएको छ ।