काठमाडौ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टीङ टोलीले यातायात व्यवस्था कार्यालय भरतपुर चितवनका कार्यालय सहायक इन्द्रजीत गुरुङ र विचौलिया सुरज पाठकलाई कार्यालय परिसरबाट १ लाख ८५ हजार घुस रकम सहित नियन्त्रणमा लिएको छ । अख्तियारले सो कार्यालयमा छापा मारी केहि कागजपत्र समेत बरामद गरेको हो ।
साथै अख्तियार टोलीले कार्यालय प्रमुख विष्णु भट्टराइको समेत संलग्नता रहेको आशंकामा भट्टराई तथा अन्य कार्यालयका केहि कर्मचारी तथा विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकहरुको विद्युतीय उपकरण ,मोबाइल , ल्यापटप समेत अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
२०८२ जेष्ठ ३०, शुक्रबार १९:३३ प्रकाशित


