ADVERTISEMENT

पूर्वमन्त्री नेपालसँग अख्तियारद्वारा दाबी रकम कति ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि १८ करोडभन्दा बढी बिगो दाबी गरिएको छ ।

विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार अध्यक्ष नेपालसहित आरोपीहरूलाई पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो माग दाबी गरेको हो ।

अध्यक्ष नेपालले आफ्नो एउटै सिद्धान्त भनेको नबिराउनु र नडराउनु रहेको बताए। उनले आफूले कुनै पनि भ्रष्टाचार नगरेको भन्दै अध्यक्ष नेपालले राजनीतिक प्रतिशोधका रूपमा मुद्दा चलाइएको बताए।

अध्यक्ष नेपालले भने, ‘न बिराउनु, नडराउनु। मैले करप्सन गरेको छैन, चुनौतीका साथ भन्छु, राजनीतिक प्रतिशोधका रूपमा आएको भन्ने सिधै देखिन्छ, होइन भने अरु कुरा कानूनी कुरा रहे।’

पतञ्जलि जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार