काठमाडौ
ाप्रपा नेपालका अध्यक्ष तथा पुर्व गृहमन्त्री कमल थापा र राप्रपाका सांसद दिपक सिंह पक्राउ परेका छन् । राजावादीहरुको आन्दोलनको क्रममा राप्रपा ने्पालका अध्यक्ष थापा बालुवाटार क्षेत्रबाट पक्राउ परेका थिए । थापालाई प्रहरी हिरासतमा भेट्न पुगेका राप्रपाका र्सासद सिहलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा नै राखेको हो ।
प्रहरीले शुरुमा थापालाई पक्राउ गरेर परिसर भद्रकाली पुर्याएको थियो । त्यसपछि सांसद सिंह थापा लगायतलाई भेट्न भन्दै परिसर भद्रकाली पुगेका थिए ।सोही क्रममा सिह पक्राउ परेका हुन् ।
२०८२ जेष्ठ १८, आईतवार १९:०० प्रकाशित


