यस्तो छ,आज विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६३ पैसा र बिक्री दर १३७ रुपियाँ २३ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ८३ पैसा र बिक्रीदर १५५ रुपियाँ ५१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ११ पैसा र बिक्रीदर १८४ रुपियाँ ९२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपियाँ ७३ पैसा र बिक्रीदर १६६ रुपियाँ ४६ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७३ पैसा र बिक्रीदर ८८ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ९३ पैसा र बिक्रीदर ९९ रुपियाँ ३७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ ८२ पैसा र बिक्रीदर १०६ रुपियाँ २९ पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ४९ पैसा र बिक्रीदर नौ रुपियाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९९ पैसा र बिक्रीदर १९ रुपियाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४२ पैसा र बिक्रीदर ३६ रुपियाँ ५८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४९ पैसा र बिक्रीदर ३७ रुपियाँ ६६ पैसा कायम भएको छ।

२०८२ जेष्ठ १८, आईतवार ०७:४४ प्रकाशित
ट्रेन्डिङ समाचार