सरकारले ल्यायो आव २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट


काठमाडौ

सरकारले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत गरेको छ ।
बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि उक्त रकमको बजेट प्रस्तुत गरेका हुन् ।

चालु तर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६०।१ प्रतिशत, पूँजीगत गर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात २०।८ प्रतिशत तथा वित्तिय तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात १९।१ प्रतिशत नयाँ बजेट विनियाजन भएको अर्थमन्त्री पौडेलले जानकारी दिए ।

२०८२ जेष्ठ १५, बिहीबार १७:३६ प्रकाशित
ट्रेन्डिङ समाचार