पौडेल गभर्नर पदमा नियुक्त


 

काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर पाएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा.डा विश्वनाथ पौडेललाई नियुक्त गरेसँगै राष्ट्र बैंकले गभर्नर पाएको हो । योसँगै सो पदका लागि भएकाे अन्योलता हटेको छ ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।

पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।

सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।

२०८२ जेष्ठ ६, मंगलवार १८:५४ प्रकाशित
ट्रेन्डिङ समाचार