केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० प्रस्ताव पारित


काठमाडौं । राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले प्रस्तुत गरेको उक्त विधेयकलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

यसअघि सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै कानुनमन्त्री चौरसियाले प्रचलित केही नेपाल ऐन कार्यान्वयन सन्दर्भमा देखिएका कठिनाइ तथा समस्यालाई सम्बोधन गर्न र कतिपय कानुनको प्राविधिक कमजोरीलाई सच्याएर प्रभावकारी बनाउन विधेयक ल्याइएको सदनलाई जानकारी दिए ।

राष्ट्रिय सभाको अर्को बैठक यही जेठ ७ गते बुधबार अपराह्न १ बजेर १५ मिनेटमा बस्नेछ ।

२०८२ जेष्ठ ६, मंगलवार ०७:३९ प्रकाशित
ट्रेन्डिङ समाचार