अदालतको आदेश लगत्तै रवि लामिछाने पक्राउ


काठमाडौं
उच्च अदालतको आदेशसँगै रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार बेलुका बुढानिलकण्ठस्थित घरमै पुगेर प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

लामिछानेले फेसबुकमार्फत अदालतको आदेशको सम्मान गर्दै गिरफ्तारी दिने बताएका थिए । उनलाई जिल्ला अदालत, रुपन्देहीमा उपस्थित गराई कारागार चलान गर्ने प्रहरी तयारी छ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवल सुप्रिम सहकारीको मुद्दामा यसअघि जिल्ला अदालतले उनीसँग एक करोड रुपैयाँ धरौटी माग गरेको थियो। सो आदेश उल्टाउँदै उच्चले उनलाई थुनामा पठाउने आदेश गरेको हो।

२०८१ चैत्र २२, शुक्रबार २१:३० प्रकाशित
ट्रेन्डिङ समाचार