बैंककमा ओली–मोदी ३५ मिनेट एक्लाएक्लै भेट, मोदीलाई दिइयो सगरमाथा संवादमा निम्तो


काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच थाइल्यान्डको राजधानी बैंककमा शुक्रबार ३५ मिनेट एक्लाएक्लै वार्ता भएको छ ।

बैंककस्थित नेपालको उच्च सरकारी स्रोतले दिएको जानकारी अनुसार शुक्रबार मोदी बसेको ओरियन्टल होटलमा भएको भेटमा द्धिपक्षीय हितमा कुराकानी भएको थियो । भेटमा दुई जना बाहेक
कोही पनि अरु अधिकारी सहभागी थिएनन् ।

‘नेपाल भारत सम्बन्धका बारेमा दुवै तर्फ विभिन्न अड्कलबाजी चलिरहेकाले त्यसलाई चिर्न भेटले सार्थकता दिएको प्रधानमन्त्री निकटस्रोतले बतायो ।
सेप्टेम्बरमा न्युयोर्कमा भेटेका दुई प्रधानमन्त्रीले बिमस्टेक अवसर पारेर साइडलाइनमा बस्दा दुईपक्षीय हितका थुप्रै विषयमा कुरा भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई जेठमा हुने सगरमाथा संवादका लागि औपचारिक निमन्त्रणा गरेका छन् । मोदीले काठमाडौं आउन सक्दो कोसिस गर्ने भन्दै निम्ताका लागि ओलीलाई धन्यवाद दिएका थिए ।

 

२०८१ चैत्र २२, शुक्रबार १६:१६ प्रकाशित
ट्रेन्डिङ समाचार