लोकसेवा टिप्स :सार्वजनिक सेवा प्रवाह, यसका आधारभूत सिद्धान्त र प्रभावकारी बनाउने उपाय


काठमार्डौ

पृष्ठभूमि

  • राज्यले सर्वसाधारण जनताको हित र कल्याणको लागि उपलब्ध गराउने सेवा सुविधालाई सेवा ग्राहीसम्म पुर्याउन अवलम्बन गरिने तरिकालाई सार्वजनिक सेवा प्रवाह भनिन्छ ।
  • राज्यबाट प्रभावकारी सार्वजनिक सेवा प्राप्त गर्नु जनताको नैसर्गिक अधिकार हो । यसलाई आधारभूत मौलिक अधिकारको रूपमा पनि लिदै जनअपेक्षा र आवश्यकता परिपूर्ति हुने गरी सार्वजनिक सेवा प्रवाह गर्नुपर्दछ ।

सार्वजनिक सेवा प्रवाहका आधारभुत सिद्धान्तहरु

  • नागरिक पहुँचको प्रवर्द्धन र छनौटको सुविधा
  • नागरिक सम्वाद र सहभागिता प्रवर्द्धन
  • सेवाको गुणस्तर निर्धारण
  • दक्षता, कार्यसन्तुष्टी र क्षतिपूर्ति
  • सार्वजनिक जवाफदेहिता
  • शिष्टता र जिम्मेवारीपन
  • सार्वजनिक रुचिको सम्बोधन
  • तटस्थता र निस्पक्षता
  • बजार संयन्त्रको उपयोग
  • अधिकारको विकेन्द्रिकरण
  • नागरिक सशक्तिकरण
  • सेवा प्रदायकबीचको प्रतिष्पर्धा
  • नतिजामा जोड
  • जनताले सेवा प्राप्त गर्ने अधिकार राख्दछन् भन्ने मान्यता
  • नवप्रवर्द्धन र सुधार
  • खुला र पूर्ण सूचनाको उपलब्धता

विद्यमान समस्याहरु

  • सेवाप्रदायक र नागरिकवीचको सम्बन्ध कमजोर रहेको छ।
  • जनउत्तरदायी भावनामा ह्रास
  • अपर्याप्त सेवा सुविधा
  • गुणस्तरिय सेवाको अभाव
  • लक्षित वर्ग लाभान्वित हुन नसकेको
  • जनताको आवश्यकता बमोजिमो सेवा सुविधाको अभाव
  • जनविश्वासको कमी
  • कमजोर अभिलेख व्यवस्थापन प्रणाली
  • सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा कमी
  • नियम कानूनको तजविजी व्याख्या
  • दण्डहिनता हावी हुँदै गएको
  • पारदर्शिता र जवाफदेहिताको कमी
  • बढ्दो गोप्यताको संस्कृति
  • सुशासनको कमी
  • एकद्वार प्रणाली अपनाउन नसकिएको
  • कमजोर समन्वय अवस्था
  • छरिएको बस्तीको कारण सेवा वितरणमा समस्या
  • चुलिएका मानवीय आकांक्षाको सम्बोधनमा कठिनाई
  • प्रतिस्पर्धी सेवाको कमी
  • स्रोत साधनको कुशल प्रयोगको कमी
  • उपयुक्त प्रविधिको विकास तथा उपयोग
  • निर्णय प्रक्रियामा ढिलासुस्ती
  • प्रकृयामुखी कर्मचारीतन्त्र
  • कार्यविधिगत जटिलता
  • सेवाग्राही मूल्यांकन प्रणालीको अभाव
  • सार्वजनिक पृष्ठपोषण प्रणालीको अवलम्बन हुन नसकेको
  • कर्मचारीमा निहित शासकीय मानसिकता
  • राजनीतिक प्राथमिकतामाको कमी
  • निष्क्रिय र अप्रभावी नागरिक समाज
  • परिवर्तनलाई आत्मसाथ नगर्ने प्रणाली
  • नाफामुखी निजी क्षेत्र
  • पेशागत इमान्दारिताको कमी

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उपायहरु

  • निजी क्षेत्रबाट प्रवाह गर्दा प्रभावकारी हुने कामको जिम्मा निजी क्षेत्रलाई दिने ।
  • निजी र सरकारी क्षेत्र दुवैको सहयोगमा सम्पादन गर्नु पर्ने काम सार्वजनिक निजी साझेदारीमा सञ्चालन गर्ने
  • सेवाग्राही सम्प्रभुता कायम गर्ने
  • चयन वा विकल्पको विस्तार गर्ने
  • कार्यविधिगत प्रकृयामा सुधार गर्ने
  • सेवाग्राही संलग्नता बढाउने
  • सेवाको गुणस्तर निर्धारण गर्ने
  • फ्रन्टलाइन सेवा लाई श्रोत साधन तथा अधिकार सम्पन्न गराउने
  • सेवाग्राही सन्तुष्टि मापन गर्ने
  • उपभोक्ता अदालत गठन गर्ने
  • सूचना प्रविधिको प्रयोगमा जोड दिने
  • संरचनात्मक परिवर्तन गर्ने
  • सेवाको बारेमा प्रचार प्रसार गर्ने ।
  • प्रकृयामा होइन नतिजामा जोड दिने ।
  • सार्वजनिक सेवा प्रवाहमा Uniformity, Non-Discrimination, Equity, Accessibility हुनु पर्दछ ।
  • लक्षित वर्गलाई पहिचान गरी सेवा प्रवाह गर्ने

निष्कर्ष

सार्वजनिक सेवा प्रवाह गर्नु राज्यको दायित्व र प्राप्त गर्नु नागरिकको अधिकार हो, सेवा जनताको वरिपरि घुम्नु पर्दछ न कि जनता सेवाको वरिपरि भन्ने मान्यतामा आधारित भई सेवा प्रवाहलाई छिटो, छरितो र कम लागतमा सेवाग्राही सन्तुष्ट हुने गरि सेवा प्रदान गर्नुपर्दछ ।

२०८१ फाल्गुन २८, बुधबार २३:२२ प्रकाशित
ट्रेन्डिङ समाचार