काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वरिष्ठ सहायक (प्रशासन) पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०८० चैत ९ र १० गते दिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।
खुल्ला तथा समावेशी गरी लिखित परीक्षामा आठ सय ३१ जना परीक्षार्थीहरू सम्मिलित रहेका थिए । खुल्ला तर्फ चार, महिला तर्फ एक, आदिवासी जनजातितर्फ १ मधेसी तर्फ दुई र पिछडिएको क्षेत्रबाट एक जना माग भएकोमा लिखित परीक्षामा खुल्लामा ९, महिलामा ६, आदिवासी जनजातिमा ५, मधेसीमा ११ र पिछडिएको क्षेत्रमा चार जना उत्तीर्ण भएका छन् ।
२०८१ मंसिर १६, आईतवार २१:०४ प्रकाशित