भ्रष्टाचार अभियानलाई निरन्तरता दिन प्रचण्डको आह्वान


काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन आफूहरुलाई भ्रष्टाचारको अभियानलाई अघि बढाउने संकल्पको रुपमा लिएको बताएका छन् ।

सरकारमा आफूहरु हुँदा भ्रष्टाचारलाई निरुत्साहित गर्नतर्फ लागिपरेको उल्लेख गर्दै उनले आज यस्तो बताएका हुन् ।

उपनिर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउनको लागि एक भिडिओ सन्देश जारी गर्दै उनले भने, ‘यो उपनिर्वाचनको विशेष अर्थ र महत्त्व छ। मेरो नेतृत्वको सरकारको तर्फबाट सुशासनको पक्षमा भ्रष्टाचारको विरुद्ध, सामाजिक न्यायको पक्षमा, आर्थिक संकटबाट देशलाई मुक्त गर्न निकै प्रयास गरेको थिएँ। त्यसको परिणाम देशमा एउटा सकारात्मक भाव पैदा भइराखेको छ। यो उपनिर्वाचन पनि हाम्रा लागि भ्रष्टाचार विरोध महाअभियानलाई अगाडि बढाउने नयाँ संकल्पको रूपमा लिएका छौँ।’

भ्रष्टाचार विरोधी अभियानलाई सफल बनाउन जनताको अभिमत चाहिने बताए। उनले जनता सुशासनको पक्षमा र भ्रष्टाचारको विरुद्धमा रहेको प्रमाणित गर्ने अवसर पनि भएको बताए।

२०८१ मंसिर १२, बुधबार १५:२१ प्रकाशित
ट्रेन्डिङ समाचार