काठमाडौँ महानगरपालिकाले अघि बढाएको टेण्डर प्रक्रिया नरोक्न आदालतको आदेश


काठमाडौं । उच्च अदालत पाटनले फोहोर मैला व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले अघि बढाएको टेण्डर प्रक्रिया नरोक्न आदेश दिएको छ ।

न्यायाधीशहरू श्यामकुमार भट्टराई र टीकाराम आचार्यको इजलासले यस्तो आदेश दिएको हो । सो आदेशमा पोहोर मैलाको संकलन एवं व्यवस्थापनको संवेदनशिलता भन्दै महानगरपालिकाले सार्वजनिक गरेको बोलपत्रको प्रक्रिया रोक लगाउन नपर्ने उल्लेख छ ।

काठमाडौँ उपत्यकाको फोहोर मैला संकलन गरिरहेको नेपवेष्ट प्रालिले बोलपत्रको प्रक्रिया रोक लगाउनुपर्ने माग राखी उच्च अदालत पाटनमा रिट निवेदन दर्ता गरेको थियो ।

 

२०८१ कार्तिक २९, बिहीबार २१:२१ प्रकाशित
ट्रेन्डिङ समाचार