घट्यो पेट्रोलीयम पदार्थको मूल्य


काठमाडौं ।  नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो ।

सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

नयाँ मुल्य अनुसार काठमाडौँमना पेट्रोलको मुल्य १५८, डिजेल तथा मट्टीतेलको मुल्य १४७ प्रति लिटर भएको निगमले जनाएको छ ।

 

२०८१ आश्विन १५, मंगलवार ००:५९ प्रकाशित
ट्रेन्डिङ समाचार