राजेन्द्र महतोद्वारा पार्टी घोषणा


काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टी घोषणा गरेका छन् । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन् ।  पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ ।

महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरिएको छ । लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।

२०८१ आश्विन १, मंगलवार १३:५३ प्रकाशित
ट्रेन्डिङ समाचार