विभिन्न रिक्त गाउँपालिकामा खटाइयो १ सय प्रमुख प्रशासकीय अधिकृत


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत रिक्त रहेका विभिन्न सय गाउँपालिकाहरुमा बुधवार सय जना शाखा अधिकृतहरुलाई पदस्थापन गरेको छ ।

स्टाफ कलेजको ६ महिना तालिम सकेका १ सय अधिकृतलाई विभिन्न गाउँपालिकामा खटाइएको हो । ती गाउँपालिकामा लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नहुँदा महत्त्वपूर्ण कामकाज प्रभावित हुँदै आएका थिए भने कैयौँ गाउँपालिकाहरू निमित्तको भरमा सञ्चालन हुन बाध्य भइरहेका थिए । अब ती गाउँपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाएका छन् ।

सामान्यले बुधवार सय शाखा अधिकृतलाई गाउँपालिकामा पठाएसँगै कोशी,मधेश , वाग्मती र गण्डकी प्रदेशका सबै गाउँपालिकाहरूले प्रमुख प्रशासकीय अधिकृत पाउने भएका हुन् । कर्णाली र सुदूर पश्चिम प्रदेशका केही गाउँपालिका भने रिक्त नै हुनेछन् । समाचारपत्रबाट

२०८१ भाद्र २८, शुक्रबार १०:५६ प्रकाशित
ट्रेन्डिङ समाचार