काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लासपा)ले २०८२ को वैशाख २६ गते पार्टीको पहिलो अधिवेशन गर्ने निर्णय गरेको छ । दुई दिनसम्म चलेको पदाधिकारीको बैठकले सो निर्णय गरेको हो ।
महाधिवेशनको मिति तोकिसकेपछि केन्द्रीय समितिलाई महाधिवेशन तयारी मूल समितिमा परिणत गर्ने निर्णय समेत गरेको बताईएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा तीन वर्षअघि लोसपा गठन भएको थियो । पार्टीको अन्तरिम विधान अनुसार पाँच वर्षभित्र महाधिवेशन गरिसक्नु पर्नेछ । सोही विधान अनुसार आउने वैशाखमा महाधिवेशनको मिति तय भएको लोसपाले जनाएको छ ।
२०८१ भाद्र २१, शुक्रबार १६:३१ प्रकाशित