डेढ घण्टा पछि सर्‍यो एमाले पोलिटब्युरो बैठक


काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक डेढ घण्टा पछि सरेको छ ।  ‘११ बजेलाई तय भएको बैठक साढे १२ बजेलाई सरेको छ’, सचिव योगेश भट्टराईले भने, ‘अध्यक्षको व्यस्तताले केही समय धकेलिएको हो ।’

एमाले मुख्यालय च्यासलमा मङ्गलवार सुरु भएको बैठकमा महासचिव शङ्कर पोखरेलले प्रस्ताव गरेका एक बर्से कार्य योजनामाथि छलफल गरेर पारित गर्ने मुख्य एजेन्डा छ ।  प्रस्तावमाथि पोलिटब्युरो सदस्यलाई आफ्नो राय राख्न तीन मिनेटको समय छुट्ट्याइएको छ । त्यो भन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले भनेको छ ।

निर्णायक ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’, नाम दिएको कार्ययोजनामा सङ्गठन विस्तारमा जोड दिँदै पार्टी सदस्यता नवीकरण, विस्तार तथा अभिलेखीकरणलाई एमालेले प्राथमिकतामा राखेको छ । त्यस्तै ०८४ मा हुने चुनावबाट एमालेलाई पहिलो र बलियो शक्ति बनाउने उद्देश्यका साथ गतिविधि गर्ने एमालेले जनाएको छ ।

२०८१ भाद्र १९, बुधबार १२:१८ प्रकाशित
ट्रेन्डिङ समाचार