प्रचण्डले नेपाल बंगलादेश वा श्रीलंका बन्छ भनेर धम्काए : गगन थापा


काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बंगलादेश वा श्रीलंका बन्छ भनेर धम्काएको बताएका छन् ।

बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले ११ गतेको संसद् बैठकमा धर्ममा विश्वास नगर्ने प्रचण्डले श्राप दिएको त हैन होला भन्ने टिप्पणी गरेका हुन् ।

‘यत्रो वर्ष देश चलाएर आएका नेताले यत्रो महत्त्वपूर्ण दलले ख्याल गर्नुपर्छ भने उ सरकारको मात्र अपोजीसन हो । यो सिस्टमको भाग हो‚’ उनले भने‚‘क्षणिक कुरा पुरा गर्न र अन्तर्विरोधमा खेल्न यति धेरै बरालिनु हुन्न कि आफैँले लगाएको आगोले आफैलाई जलाउँछ ।’उनले उत्तेजनाको राजनीतिक सजिलो चेतनाको राजनीति गाह्रो हुने भन्दै उत्तेजनाको राजनीति बिक्छ भनेर सबै त्यसैको पछि लागेको बताए ।

२०८१ भाद्र १३, बिहीबार १५:०४ प्रकाशित
ट्रेन्डिङ समाचार