शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्न निर्मम हुनुपर्छ : शिक्षामन्त्री भट्टराई


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने बताएकी छन् । सांसद अशोक कुमार चौधरीले राखेको प्रश्नमा मन्त्री भट्टराईले राजनीतिक हस्तक्षेप रोक्न निर्मम हुनुपर्ने बताएकी हुन् ।

‘विश्वविद्यालयमा हुने हस्तक्षेप रोक्न राजनीतिक दलहरूको प्रतिबद्धता व्यक्त गर्ने मात्र होइन, त्यसका लागि निर्मम ढंगबाट लागू गर्न कारबाही गर्न तयार हुनुपर्छ,’ मन्त्री भट्टराईले भनिन् ।

शिक्षामन्त्री भट्टराईले शिक्षा क्षेत्रमा ठुला वा साना कुनै पनि दलको हस्तक्षेप हुनु नहुने बताइन् । त्रिभुवन विश्वविद्यालयमा सिर्जना भएका समस्याहरू लामो समयदेखिको अव्यवस्थाको नतिजा रहेको समेत उनले बताइन् ।

२०८१ भाद्र १३, बिहीबार १४:४६ प्रकाशित
ट्रेन्डिङ समाचार