काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले माओवादी सशस्त्र संघर्षलाई ‘हिंसा’ भनेपछि संसदमा हंगामा भएको छ ।
बुधवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्ने क्रममा भट्टराईले माओवादी हिंसा नभएको भए जलविद्युत् क्षेत्रले पहिले नै फड्को मार्ने बताएका थिए । सोपछि माओवादी आन्दोलनलाई हिंसा भनिएको भन्दै नेकपा (माओवादी केन्द्र)का सांसदहरूले आपत्ति जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको भन्दै माओवादी सांसदलाई बस्न आग्रह गरे । तर माओवादी सांसदले मानेनन् ।
त्यसपछि माओवादी सांसदहरू झनै आक्रोशित भए । यसपछि पनि भट्टराई रोकिएनन् । ‘तपाईंले धम्की दिएर कोही डराउँदैन । हिंसा हो,’ उनले भने । माओवादी र एमाले सांसदहरूबीच भनाभन भएपछि परिस्थिति सम्हाल्न सभामुखलाई हम्मे–हम्मे परेको थियो ।
२०८१ भाद्र १२, बुधबार १५:२२ प्रकाशित