टीआरसी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय लगिँदै


काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनबाट सर्वसम्मत पास भएको संक्रणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) राष्ट्रपतिबाट प्रमाणीकरणको तयारी गरिएको छ । यसका लागि विधेयक केही बेरमा राष्ट्रपति कार्यालय शीतल निवासमा लैजान लागिएको हो । सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले दिएको जानकारीअनुसार सभामुख देवराज घिमिरेबाट प्रमाणित भएर विधेयक प्रमाणीकरणका लागि आज राष्ट्रपति कार्यालयमा लैजान  लागिएको हो ।

‘अहिले केहीबेरमा विधेयक सम्माननीय राष्ट्रपतिज्यूकोमा जाँदैछ‚’ प्रवक्ता गिरीले भने ।  सरकारले यो विधेयक २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले  सहमति जुटाएका थिए । त्यसपश्चात् समितिबाट सदनमा पुग्दै दुवै सदनले विधेयकलाई सर्वसम्मत पारित गरेको थियो ।

२०८१ भाद्र १२, बुधबार १२:०३ प्रकाशित
ट्रेन्डिङ समाचार