
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दलले पाउनुपर्ने माग गरेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै माओवादी केन्द्रका सांसद रामकुमार राईले संसद्को नियमावलीमा समेत व्यवस्था गरिएकाले सो समितिको नेतृत्व तत्काल प्रतिपक्ष दललाई उपलब्ध गराउन सरकारलाई दबाब दिएका हुन् ।
२०८१ भाद्र ११, मंगलवार १६:१४ प्रकाशित