कृषि मन्त्रालयले थप ६० करोड रुपैयाँ डीडीसीलाई उपलब्ध गराउने


काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थप ६० करोड रुपैयाँ दुग्ध विकास संस्थान (डीडीसी)लाई उपलब्ध गराउने  भएको छ । आइतबार मन्त्रालयमा पत्रकारसँग भेटघाटमा मन्त्री रामनाथ अधिकारीले किसानको दुधको रकम भुक्तानीका लागि डीडीसीलाई थप ६० करोड रुपैयाँ सहुलियत दिने जानकारी दिएका हुन् ।

किसानलाई करिब १ अर्ब ३६ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको भन्दै सो रकम दसैँ अगाडि भुक्तानी गर्ने मन्त्री अधिकारीले बताए । डीडीसीले २५ करोड रुपैयाँ भुक्तानी गरी सकेको छ । किसानलाई भुक्तानी दिनका लागि अर्थ मन्त्रालयसँग ६० करोड रुपैयाँको पहल गरिएको उनले बताए ।

२०८१ भाद्र ९, आईतवार १६:४६ प्रकाशित
ट्रेन्डिङ समाचार