काठमाडौँ । सांसद नारायणी शर्माले सेयर बजारमा अहिले उकालो यात्रा देखिए पनि यसले सर्वसाधारण जनताको जीवनमा कुनै प्रभाव नपारेको बताएकी छन् । सांसद शर्माले सेयर बजार उकालो लाग्यो भनेर सरकार ढुक्क बन्ने अवस्था नरहेको बताइन् । बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सेयर बजारमा आम सर्वसाधारण भन्दा पनि बिचौलियाको मात्र पहुँच भएको बताइन् ।
२०८१ भाद्र ६, बिहीबार १४:४८ प्रकाशित