किष्ट अस्पतालमा युवती मृत्यु प्रकरणको विषय सदनमा उठ्यो


काठमाडौँ । ललितपुरको ग्वार्कोमा रहेको किष्ट अस्पतालमा पाल्पाकी २७ वर्षीय खुशी मगरको निधन भएको विषय सदनमा उठेको छ ।  सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले प्रतिनिधिसभा बैठकमा बोल्दै मगरको पत्थरीको अप्रेसनको क्रममा उनको निधन भएको र यसको छानबिनका लागि समिति गठन गर्न सकारसँग माग गरे ।

बैठकको आकस्मिक समयमा बोल्दै उनले किष्ट मेडिकल कलेजको गम्भीर लापरवाही रहेको भन्दै परिवारले आन्दोलन गर्दा सुनुवाई नभएको बताए । ‘नेपाल  सरकारको तत्काल ध्यान जाओस् । छानबिनका लागि समिति बनाओस्‚’ उनले भने ।

२०८१ भाद्र ६, बिहीबार १४:३५ प्रकाशित
ट्रेन्डिङ समाचार