सरकारले ऋण परिचालन बढायो, तर, राजस्व असुलीमा सुस्तता


काठमाडौ‌ं ।  राजस्व असुलीमा कमी आएपछि सरकारले ऋण परिचालन बढाएको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा मात्रै सरकारले एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैँया ऋण परिचालन भएको जनाएको छ। यससँगै नेपालको कुल सार्वजनिक ऋण २४ खर्ब ३३ अर्ब रुपैँया पुगेको छ।

त्यसैगरी, नेपालले धेरै ऋण बहुपक्षीय दातृ निकाय विश्व बैंक, एसियाली विकास बैंक लगायतसँग लिएको ऋण धेरै छ । त्यसैगरी द्विपक्षीय दातृ निकायहरूको ऋण पनि नेपालले लिएको छ ।

त्यसैगरी, सार्वजनिक ऋणको हिस्सा बढेसँगै ऋण भुक्तानीमा सरकारको वार्षिक दायित्व बढ्दै गएको छ। आर्थिक वर्ष २०८०/८१ मा ऋण भुक्तानीका लागि सरकारले ३ खर्ब ३० अर्ब रुपैँया बजेट विनियोजन गरेकोमा ३ खर्ब ५ अर्ब ३७ करोड ७१ लाख भुक्तानी भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

तर, राजस्व असुली  भने सुस्त देखिएको छ । आर्थिक वर्ष २०८०/८१ मा सरकारले १४ खर्ब २२ अर्ब रुपैँया राजस्व उठाउने लक्ष्य राखेकोमा १० खर्ब ३० अर्ब रुपैँयामात्र उठाउन सक्षम भएको छ।

२०८१ भाद्र २, आईतवार १०:४८ प्रकाशित
ट्रेन्डिङ समाचार