गैरे र न्यौपाने समिति सभापतिमा निर्विरोध निर्वाचित


काठमाडौँ । सङ्घीय संसद्का दुई समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । संसदीय सुनुवाइ समितिको सभापतिमा कांग्रेस सांसद ईश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका हुन् ।

बिहीबार दुवै समितिका बैठकमा दुवै समितिको सभापतिमा न्यौपाने र गैरे निर्विरोध निर्वाचित भएको समितिका ज्येष्ठ सदस्यले घोषणा गरेका हुन् ।  निर्विरोध निर्वाचित दुवै सभापतिले सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गर्दैछन् ।

२०८१ श्रावण ३१, बिहीबार १७:४२ प्रकाशित
ट्रेन्डिङ समाचार